अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न
काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अख्तियारले भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही गर्न नसकेको आरोप लगाए। ‘अख्तियारले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ। त्यो के हो? यो नाटक के को लागि?,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्
