नामिबियाले दियो स्कटल्याण्डलाई १५४ रनको लक्ष्य
काठमाडौं, ३ फागुन। आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज भइरहेको खेलमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेको थियो। पहिला व्याटिङ गरेको नामिबियाले निर्धारित ५०ओभरको खेलमा ३९.२ ओभरमा सम्पूर्ण १०विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो। खेलमा सबैभन्दा बढी लोहान्ड्रे लउरेन्सले ५४ रन जोडेका थिए।
प्रतिक्रिया दिनुहोस्
