नेपालले ६ महिनामा निर्यात गर्यो ३० करोड ३७ लाखभन्दा बढीको यार्चागुम्बा, कुन-कुन देशले लगे?
काठमाडौं, ३ फागुन। नेपालले चालु आर्थिक वर्ष २०७९/८०को ६ महिना(साउन–पुस)मा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्चागुम्बा विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ४९६केजी यार्चागुम्बा नेपालले निर्यात गरेको छ। कम्बोडिया, चीन,फ्रान्स, जर्मनी,हङकङ, इटाली, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालबाट यार्चागुम्बा लगेका छन्। नेपालबाट सबैभन्दा ठूलो मात्रामा यार्चागुम्बा हङकङ जाने गरेको छ।
प्रतिक्रिया दिनुहोस्
