निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढ्यो, एक खर्ब ३७ अर्बभन्दा बढी प्रवाहित काठमाडौं, ३ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १खर्ब ३७अर्ब ३३करोड रुपैयाँ (३ प्रतिशत)ले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४खर्ब ९२अर्ब ६३करोड (१२.१ प्रतिशत)ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस्