भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो
अंकारा, ३ फागुन। टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ। गत साता टर्कीलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूम्पक गएको थियो। भूकम्पले टर्की र सिरियामा ठूलो जनधनको क्षति गरेको छ। भूकम्पका कारण भत्किएका घरमा पुरिएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ। भत्केका भग्नावशेष भित्रबाट उद्धारको लागि अझै पनि आवाजहरु आइरहेको उद्धार तथा खोजकर्ताहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्
