संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै, सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक प्रस्तुत गरिने काठमाडौं, ३ फागुन। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज बिहान ११बजेबाट शुरु हुनेछ। आजको बैठकमा प्रेम सुवालले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक,२०७९ माथि राखेको बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। कानूनमन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस्