नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल
काठमाडौं, २ फागुन। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन्। मंगलवार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको जनाए। बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए।
प्रतिक्रिया दिनुहोस्
