नेपालले नामिबियामाथि दुई विकेटको जित निकाल्यो
काठमाडौं, २ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिदेशीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियामाथि दुई विकेटको जित निकालेको छ। निर्धारित ५०ओभरको खेलमा नेपालले १४बल बाँकी हुँदा नामिबियाले दिएको २८६को लक्ष्य प्राप्त गरेको हो। नामिबियाले दिएको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा २८७ रन प्रहार गरी पुरा गरेको थियो। नेपालको सबैभन्दा बढी ११५ रन कुशल भुर्तेलले जोडेका थिए।
प्रतिक्रिया दिनुहोस्
