सत्तारुढ गठबन्धन भत्किनेप्रति अध्यक्ष ओलीको आशंका, भने– अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन् काठमाडौं, २ फागुन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन्। मंगलवार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको बताए। देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेको समेत उनले जनाए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए।
प्रतिक्रिया दिनुहोस्