अब बागमती प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा के गरे कति नम्बर काटिन्छ ? काठमाडौं, २ फागुन। बागमती प्रदेशले आजबाट सवारीचालक अनुमतिपत्र(लाइसेन्स)लिँदा १००पूर्णाङ्कमा ७०अंक ल्याए पास हुने नयाँ मापदण्ड सुरु गरेको छ। मापदण्डअनुसार आठमा एकपटक खुट्टा टेकेमा/एकपटक रेखा छोएमा ५/५अंक काटिनेछ। न्यारोरोडमा स्कुटी/बाइक तल झरेको खण्डमा फेल हुनेछ भने साइड लाइट नबालेमा १०अंक काटिनेछ। जेब्रा क्रसिङमा रातो/पहेलो वत्तिमा नरोकी अघिबढे १५अंक काटिने छ। स्पिड ब्रेकरमा एकपटक स्टार्ट बन्द भएमा/एकपटक खुट्टाले छोए ५/५ नम्बर काटिनेछ।
प्रतिक्रिया दिनुहोस्