बागमती प्रदेशमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने काठमाडौं, २ फागुन। बागमती प्रदेश सरकारले आज(मंगलबार)बाट सवारी चालक अनुमति पत्र(लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ। आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ। मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुगेका बागमती प्रदेशका यातायातमन्त्री एकालाल श्रेष्ठले लाइसेन्स ट्रायलमा ७०अंक ल्याए पास हुने व्यवस्था लागू भएको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्