ल्होत्से मलमा भएको तोडफोड र लुटपाटबाट १० करोड क्षति काठमाडौं, २ फागुन। नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको लुटपाट/तोडफोडबाट ८ देखि १०करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ। यातायात मजदुरहरुको प्रदर्शनको क्रममा उक्त मलमा रहेको मोबाइल पसलमा लुटपाट र तोडफोड भएको थियो। महासंघका अध्यक्ष भरत भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा सरकारले ४८घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्