मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति यातायात व्यवसायी महासंघ र सरकारले दिनुपर्ने काठमाडौं, २ फागुन। नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट/तोडफोडको सम्पूर्ण क्षतिपूर्ति यातायात व्यवसायी महासंघ र सरकारले दिनुपर्ने माग गरेको छ। मंगलवार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार यातायात मजदुरहरुको प्रदर्शनको क्रममा ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाट/तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।
प्रतिक्रिया दिनुहोस्