नामिबियाले दियो नेपाललाई २८६ रनको लक्ष्य, करन केसीले लिए पाँच विकेट
काठमाडौं, २ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरको खेलमा नामिबियाले १०विकेट गुमाउँदै २८५ रन जोडेको थियो। नामिबियाका माइकल भ्यान लिङ्गेनले १३७वलको सामना गर्दै सर्वाधिक १३३रन जोडेका थिए। खेलमा नेपालका करन केसीले ५विकेट,सन्दीप लामिछानेले ३ र सोमपाल कामी र कुशल मल्लले एक÷एक विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्
