दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत र प्रधानमन्त्रीबीच भेटवार्ता, आर्थिक सहयोगका विषयमा छलफल
काठमाडौं, २ फागुन। दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जाङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र आर्थिक सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
