काठको गरालोले टाउको हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ दैलेख, २ फागुन। आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका–८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्