टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ३६ हजार नाघ्यो
अंकारा, २ फागुन। गत साता टर्कीमा केन्द्रविन्दु भएर गएको ७.८ भ्याग्निच्युडको भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३६ हजार २१७ पुगेको छ। टर्कीमा मात्र ३१ हजार ६४३ जनाको मृत्यु भएको जनाइएको छ। सिरियामा भूकम्पका कारण ४ हजार ५७४ जनाले ज्यान गुमाएका छन्। भूकम्पका कारण घाइते भएका १९ हजार ३०० जना अहिले टर्कीको विभिन्न अस्पतालमा उपचारत छन्।
प्रतिक्रिया दिनुहोस्
