बैंक तथा वित्तीय संस्थाहरुमा बढ्यो २ खर्ब १५ अर्बभन्दा बढी निक्षेप काठमाडौं, २ फागुन। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप २ खर्ब १५ अर्ब १४ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ७९अर्ब ७करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्