अमेरिकाको मिशिगन युनिभर्सिटीमा गोलीबारी, कयौं घाइते
वाशिङ्टन, २ फागुन। अमेरिकाको मिशिगन युनिभर्सिटीमा स्थानीय समयअनुसार मंगलबार विहान गोलीबारी भएको छ। गोलीबारीमा कयौं व्यक्ति घाईते भएको जनाएको छ। मिशिगन युनिभर्सिटीको क्याम्पस प्रहरीका अनुसार घाइते केहीको अवस्था गम्भिर रहेको छ। प्रहरीले गोलीबारी गर्ने व्यक्तिको खोजी गरिरहेको छ। प्रहरीका अनुसार एकजना अश्वेत व्यक्तिले गोली चलाएका थिए, जसले रातो जुत्ता, डेनिमको ज्याँकेट र टोपी लगाएका थिए।प्रहरीले उनको तस्वीर सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्
