शिवरात्रीका लागि सजाउन थालियो पशुपति परिसर काठमाडौं, २ फागुन। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। मन्दिरमा रङ रोगनको काम धमाभम भइरहेको। यसवर्ष फागुन ६गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्