भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौंमा काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुई दिने नेपाल भ्रमणको सिलसिलामा सोमबार विहान काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरत राज पौड्यालले स्वागत गरेका थिए। आज नै दुई देशका परराष्ट्र सचिवबीच होटल याक एण्ड यतिमा द्विपक्षीय वार्ता हुँदैछ। वार्तामा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्