तीन लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक काठमाडौं, २९ माघ। भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले क्यान इन्फोटेकमा सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए। मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको जनाए । क्यान इन्फोटेक माघ २४–२९ गतेसम्म सञ्चालन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्