चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने काठमाडौं, २९ माघ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७९/८०को बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा पेस गर्दै यस्तो बताएका हुन्। उनले पर्यटन क्षेत्रमा केही सुधार भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने दाबी गरे।
प्रतिक्रिया दिनुहोस्