सरकारसँग ६ बुँदे सहमति गरी चिकित्सकहरुले गरे आन्दोलनका कार्यक्रम स्थगित काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी सुरु गरेको आन्दोलन स्थगित गरेको छ। सरकारसँग ६ बुँदे सहमति गरी संघले आजबाट सुरु भएको आन्दोलन स्थगित गरेको हो। शुक्रबार राष्ट्रपतिको सवारीको समयमा प्रहरीबाट चिकित्सक कुटिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकार र संघका पदाधिकारीबीच भएको वार्तामा ६ बुँदे सहमति भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्