दक्षिण अफ्रिकाका चर्चित र्‍यापर एकेए र उनको साथीको गोली हानी हत्या प्रिटोरिया, २९ माघ। दक्षिण अफ्रिकाका चर्चित र्‍यापर किएरनन जैरेड फोब्सको डरबानकोा एक रेष्टुरेन्ट नजिक गोली हानी हत्या गरिएको छ। दक्षिण अफ्रिकामा एकेएको नामबाट चिनिएका उनी ३५ वर्षका थिए। घटनामा उनको साथी टेबेलो टिब्ज मोत्सोनेको पनि हत्या भएको जनाइएको छ। एक नाइटक्लबमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीहरुमाथि गोली प्रहार गरिएको थियो। प्रहरीको हत्याको अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्