दलहरुको निर्वाचन आयोगलाई सुझाव– धन हुने मात्र उम्मेदवार बन्ने भए, कम खर्चिलो बनाउनु पर्यो
काठमाडौं, २६ माघ। राजनीतिक दलका नेताहरुले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा निर्वाचन सम्पन्न हुनेगरी व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। बिहीवार सिंहदरबारमा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गर्दा अधिकांश नेताहरुले धनीले मात्रै वर्तमान प्रणालीमा उम्मेदवार बन्नसक्ने अवस्था रहेको बताएका थिए। छलफलमा झलनाथ खनाल,झनक प्याकुरेल, केशव झा,प्रकाश अधिकारी, प्रेम सुवाल लगायतले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस्
