मूल्यवृद्धि बढ्दो, सबैभन्दा बढी खाद्य तथा पेय पदार्थमा वृद्धि काठमाडौं, २६ माघ। पछिल्लो समय देशमा महंगी बढेको छ। २०७९ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्