राष्ट्रियसभामा तीन वटा विधेयक सर्वसम्मतिले पारित
काठमाडौं, २३ माघ। सोमबार बसेको राष्ट्रियसभा बैठकबाट तीन वटा विधेयक पारित भएको छ। अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन)विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
