नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलनको घोषणा काठमाडौं, २३ माघ। नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेज वरपरका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन्। सोमवार कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको दुई देशका प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन्। भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालन गर्न उनीहरुले आन्दोलन गर्ने भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्