राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
काठमाडौं, २३ माघ। राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रिय सभाको उपाध्यक्षका लागि उनको मात्र उम्मेदवारी परेकोले उनलाई निर्विरोध निर्वाचित गरिएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
