पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन दुबई, २२ माघ। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको मृत्यु भएको छ। ८० वर्षको उमेरमा उनको आज दुबईको एक अस्पतालमा मृत्यु भएको हो। पाकिस्तानको सेना प्रमुख समेत रहेका मुशर्रफले सन् १९९९ मा सैनिक ‘कू’ गरी पाकिस्तानको शासन हातमा लिएका थिए। उनी सन् २००१ जुन २० देखि २००८ अगष्ट १८ सम्म पाकिस्तानको राष्ट्रपति पदमा रहेका थिए। उनी पाकिस्तानको १०औं राष्ट्रपति हुन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्