अदानीले गुमाए १६.३ अर्ब डलर, विश्वको सबैभन्दा धनीको सूचिमा २२औं नम्बरमा झरे नयाँदिल्ली, २० माघ। अर्बपति उद्योगपति गौतम अदानी फोब्स पत्रिकाको रियल–टाइम अर्बपतिको सूचिमा २२औं स्थानमा झरेका छन्। एक सयम यो सूचिमा अदानी पहिलो तीनमा पर्ने गर्थे। अमेरिकी रिसर्च फर्म हिंडनबर्गको एक प्रतिवेदन सार्जजनिक भएपछि अदानीको शेयरमा लगातार गिरावट आएको हो। अदानीको अहिले कुल सम्पत्ति ५८ अर्ब डलर रहेको छ। उनको सम्पत्तिमा २१.८९प्रतिशतले गिरावट आएको छ, जुन भनेको १६.३अर्ब डलर हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्