नेपालको विकासमा भारतको ध्यान, भारतीय राजदूत भन्छन्– नेपालको विकास भयो भने भारतलाई पनि फाईदा काठमाडौं, २० माघ। नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालको विकासमा भारत सधैं प्रतिवद्ध रहेको बताएका छन्। नेपाल–भारत मैंत्री युवा संघले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने बताए। नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न भारत पूर्ण रुपमा लागिपरेको उनले स्पष्ट पारे। नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्