मादक पदार्थ सेवन गरी चिरपटले हानेर बुबाको हत्या रौतहट, २० माघ। आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई छन्। उनलाई बिहीबार राति पक्राउ परेका हुन्।मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा निरकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्