माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, गृह मन्त्रालय र रास्वपाले राखेका मागको बारेमा छलफल हुने काठमाडौं, २० माघ। नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राखेका मागको बारेमा छलफल हुने बताइएको छ। रास्वपाले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना माग गर्न दुई दिनको समय दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्