रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रधानमन्त्रीको विश्वास काठमाडौं, १९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठकमा सहभागी हुने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘उहाँहरुले समर्थन फिर्ता लिनुहुन्न भन्ने मेरो विश्वास छ।’ रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट हट्ने चेतावनी प्रधानमन्त्रीलाई दिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्