अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको सर्च अप्र्रेसन, कारण यस्तो छ वाशिङ्टन। एफबीआईले अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरमा सर्च अप्रेसन (छापा) गरेको छ। अप्रेसनको दौरान महत्वपूर्ण दस्तावेज फेला नपरेको बाइडेनको वकिलले जनाएका छन्। एफबीआईले बुधबार बाइडेनको निवासमा सर्च अप्रेसन गरेको थियो। सर्च अप्रेसन चार घण्टासम्म चलेको थियो। ओबामा प्रशासनमा उपराष्ट्रपति रहेको बेला बाइडेनले महत्वपूर्ण सरकारी कागजात घरमा राखेको भन्ने आरोप लागेपछि एफबीआईले उनको निवासमा सर्च अप्रेसन गरेको हो। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्