एक महिनामा काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने ५३ सय ६५ जना समातिए काठमाडौं, १९ माघ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो गत पुस १७ गतेदेखि माघ १७ सम्म काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन(मापसे) गरी सवाली साधन चलाउने ५ हजार ३६५ जनालाई जरिवाना गरेको छ। सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ४०३जनालाई सचेतना कक्षमा सहभागी गराइएको छ।चेकिङको क्रममा प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गर्ने १४जनालाई अभद्र व्यवहारमा मुद्दा समेत चलाईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्