राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्रीसँग वार्ता गर्न कांग्रेस तयार काठमाडौं, १९ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गर्न तयार रहेको बताएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने,‘हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौं। उहाँ(प्रधानमन्त्री)को प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ।’ उनले कांग्रेस आफैं पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्