त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजीभन्दा बढी सुनसहित एक जना क्यानडाका नागरिक पक्राउ काठमाडौं, १९ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९.१३५ केजी सुनसहित प्रहरीले एक जना विदेशीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘एएम २६६५४८’ नम्बरको पासपोर्ट बाहक क्यानडाका नागरिक मोहम्मद कमाल माहगौब छन्। उनलाई विमानस्थलको एक्सरे जाँचका क्रममा उनको साथमा उक्त सुन भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी फ्लाई दुबइको एफ जोड–२५७३ उडानमा गएराति पौने १२ बजे काठमाडौं आइपुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्