परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै, श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसमा सहभागी हुने काठमाडौं, १९ माघ। परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एम.यू.एम अली साबरीको निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन्। भ्रमणका क्रममा पौडेलले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। उनको माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्