माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरुको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउने काठमाडौं, १९ माघ। आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ। बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउने बताइएको छ। बैठकमा नेताहरुको कार्यविभाजनसँगै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुने बताइएको छ। बुधबार बस्ने भनिएको बैठक आजलाई सारिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्