कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको लागि अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने काठमाडौं, १९ माघ। नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। बिहीवार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्