बलिउड फिल्मको इतिहासमा एक सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो ‘पठान’ काठमाडौं, १८ माघ। शाहरुख खाना र दीपिका पादुकोणको ‘पठान’ बलिउड इतिहासमा रिलिज भएको एक सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। फिल्मले एक सातामा विश्वव्यापी ६अर्ब ३४करोड भारतीय रुपैयाँ कमाई गरेको छ। फिल्मले भारत भित्र मात्रै ३अर्ब ३०करोड २५लाख भारतीय रुपैयाँ कमाई गरेको छ। यसअघि कुनै पनि बलिउड फिल्मले रिलिज भएको एक सातामा यति ठूलो रकम कमाई गरेका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्