राप्रपाका मन्त्रीलाई शक्तिबहादुर बस्नेतको चेतावनी– संघीयताका विषयमा संविधानभन्दा बाहिर गएर टिप्पणी गरे स्विकार्य हुँदैन काठमाडौं, १८ माघ। सत्तारुढ नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य÷मान्यता विपरित फेरी टिप्पणी गरे स्विकार्य नहुने चेतावनी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका विक्रम पाण्डेले संघीयता विरोधी अभिव्यक्ति दिएपछि उनले बुधबार संसदमा यस्तो चेतावनी दिएका हुन्। ‘सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्