जनयुद्धमा वेपत्ता हुनेको स्थिति सार्वजनीक गर्न सांसद उर्मिलाको माग काठमाडौं, १८ माघ। प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले १०बर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्न सरकारसँग माग गरेकी छिन्। बुधबारको संसदको शुन्य समयमा बोल्दै उनले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धमा जीवन गुमाउनेहरूलाई सहिद घोषणाको निर्णय गरेको भन्दै उनले त्यो निर्णय हालसम्म कार्यान्वयन नभएको बताइन्। जनयुद्वका क्रममा वेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न पनि उनले ध्यानाकर्षण गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्