राप्रपाका मन्त्रीको संघीयता विरोध अभिव्यत्तिको सत्तारुढ दलका सांसदले गरे संसदमा विरोध काठमाडौं, १८ माघ। सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेका छन्। संविधान÷कानुन विपरित प्रधानमन्त्रीको निर्देशनलाई समेत अस्विकार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका मन्त्री पाण्डेले चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्