प्रतिनिधि र प्रदेश सभामा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी व्यवस्था गर्दैछौँः प्रमुख निर्वाचन आयुक्त काठमाडौं, १८ माघ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरुले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी व्यवस्था गर्न लागिएको बताएका छन्। मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन सम्बन्धी तयार पारिएको नयाँ विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको उनले जनाए। विधेयक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि अघि बढाइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्