बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन गगन थापाले भने– कुखुरा पाल्ने किसानलाई ५८ करोड क्षतिपूर्ति देउ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन्। बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले बैंकको ऋणका कारण किसानहरु मर्कामा परेको जनाए। पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको उनले बताए। ‘बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गर्यो। नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्