भारतले नेपालले दिंदै आएको आर्थिक सहयोग घटायो, वर्ष २०२३ मा नेपाललाई ८ अर्ब ८० करोड दिने काठमाडौं, १८ माघ। भारतले नेपाललाई दिंदै आएको आर्थिक सहयोग घटाएको छ। भारतका अर्थमन्त्री निर्मला सीतारमणले आज संसदमा पेश गरेको वर्ष २०२३को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपैयाँ(८ अर्ब ८०करोड नेपाली रुपैयाँ) आर्थिक सहयोग दिने उल्लेख गरिएको छ। अघिल्लो वर्ष भारतले नेपाललाई ७अर्ब ५०करोड भारतीय रुपैयाँ सहयोग छुट्टयाएको थियो तर उपलब्ध भने ४अर्ब २५करोड भारतीय रुपैयाँ मात्र गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्